aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्डः एकै दिन ८ हजार बढि नयाँ संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्डः एकै दिन ८ हजार बढि नयाँ संक्रमित थपिए

भारत । भारतमा कोरोना भाइरस संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । भारतमा एकै दिन ८ हजार ३ सय ३६ जना नयाँ सक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको छ । 

संक्रमितसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार १८५ पुगेको छ । पछिल्लो २४ घण्टामा २०५ जनाले ज्यान गुमाएका छन् । 

महाराष्ट्रमा हिजो २ हजार ९ सय नयाँ केस थपिएका छन् भने दिल्लीमा ११ सय ६३, तामिल नाडूमा ९ सय ३८ संक्रमित थपिएका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा २ सय ६२ नयाँ केस फेला परेको छ। त्यसैगरी बिहारमा २ सय ८ नयाँ संक्रमित भेटिएका छन्।

मुम्बईमा मात्र ५४ जनाको मृत्यु भएको छ भने मुम्बईमा हिजो १२ सय २७ नयाँ संक्रमित थपिएका छन्। यससँगै महाराष्ट्रमा संक्रमितको संख्या ६५ हजार १ सय ६८ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस