aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

एकै हप्ता ८१७ जनालाई कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
एकै हप्ता ८१७ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  दिन दुई गुणा रात चौ गणाले बढिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या नेपालमा पनि पछिल्लो हप्ता ह्वात्तै बढेको छ । 

नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा शनिबार अपराह्न ४ बजेसम्म संक्रमित भएका १ हजार ४०१ को आधाभन्दा बढी हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो।

बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्रै संक्रमित संख्या ८१७ पुगेको हो ।

नेपालमा जनवरी २३ मा चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि मार्च २३ मा फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस