काठमाडौं । थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशको सामाजिक मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । संक्रमित सबै पुरुष रहेका छन् । जसमा दैलेखको नारायाण नगरपालिका वडा नं ३ का ४ जना, सोहि नगरपालिका वडा नं ५ का ५ जना, देबलकाँडाका ५ जना, सिमडाका १ जना, रातापानीका १ जना, साडुका १ जना र कालीकोटका १ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस