
भारत । मस्कोमा रहेका भारतीय नागरिक लिन गएको विमान बिचबाटै फर्काइएको छ । एयर इंडियाको दिल्ली-मस्को ए-3२० उडानको पायलट, उक्त जहाजलाई समुद्र तटबाट फिर्ता बोलाएकाे हाे । यो घटना शनिबार बिहानको हाे ।
एयर इण्डियाका एक जना पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा भएसँगै मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको हो ।
उडान अघि स्वास्थ्य जाँच गर्ने टोलीले पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि उक्त विमानलाई उडान अनुमति दिइएको थियो ।
तर, पछि अर्का व्यक्तिले पुन: चेक गर्दा गल्ती भएको थाहा भएपछि विमान फिर्ता बोलाइएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाइलटलाई कोरोना भएको जानकारी भएसँगै उज्बेकिस्तान पुगिसकेको विमान त्यहीबाट फिर्ता बोलाइएको हो । भारतीय नागरिकलाई लिन उक्त विमान मस्को उडेको थियो ।
उक्त विमान साढे १२ बजे दिल्ली पुगेको थियो। त्यसको साटो शनिबार नै अर्को विमान पठाइएको टाइम्स अफ इण्डियाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस