
काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट मार्फत् आगामी आवका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण रहेको बताएका छन्। प्रतिनिधि सभामा बजेटमाथि छलफलका क्रममा पाण्डेले यस वर्षको आर्थिक वृद्धिदर शून्य हुन सक्ने बताएका हुन् ।
‘बजेटले ७ प्रतिशत लक्ष्य राख्नु ठिकै हो। हाम्रो राजनीतिक आकांक्षा पनि होला’ पाण्डेले भने, ‘वैशाखसम्मको तथ्याङ्कमा आधारित भएर सरकारले केही अघि २.३ प्रतिशत भनेको थियो। असारसम्मको लकडाउनले १ देखि २ हुन्छ कि भन्ने देखियो। अझै शून्य प्रतिशत हुँदै जान्छ कि भन्ने छ। त्यसैले ७ प्रतिशतको ग्रोथ चुनौतिपूर्ण छ।’
उनले सरकारले वैदेशिक ऋण लिएर खर्च गर्ने विगत देखि नै बताएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस