
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८को बजेट मार्फत नेपालमा विदेशीलाई रोजगारमा लगाउन कडा शर्त बनाएको छ । विदेशीले नेपालमा काम गर्नु परेमा श्रम स्विकृती लिन पर्ने व्यवस्था सरकारले बनाएको हो । विदेशीलाई नेपालमा श्रम गर्न कडा नीति बनाएसँगै नेपालमा काम गरिरहेका करिब १० लाख विदेशीको स्थानमा नेपालीले काम पाउने सम्भावना बढेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पत्रकार सम्मेलनमा करिब १० लाखका हाराहारीमा विदेशी कामदार नेपालमा रहेको बताएका थिए । उनले भने, विदेशी काम कति छन् भन्ने तथ्यांकपछि निकालौला तर, नेपालीलाई स्वदेशमा काम दिने सुनिश्चित सरकारले गर्ने वातावरण भने बनाएका छौं ।
यसबाट ४ देखि ५ लाख नेपालीले स्वदेशी श्रम बजारमा रोजगार पाउने अवस्था हुन्छ । सरकारले बजेट मार्फत विदेशी कामदारलाई नेपाली श्रम बजारमा कडाइ गरेपछि सरकारले अब स्वदेशी प्रतिष्ठानहरुबाट दक्ष कामदार उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ । शुक्रबार अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको पत्रकार सम्मेलन मार्फत जवाफ दिँदै भने, प्रतिष्ठानहरूले २ वर्षसम्म न्यूनतम पारिश्रमिक दिएर काममा लगाउन र उक्त तामिल अवधिको तीन महिनासम्मको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत सरकारले व्यवस्था मिलाइ दिने भएको छ ।
साथै सरकार मातहतका मन्त्रालय अन्र्तगत पनि रोजगारी सृजना हुनसक्ने स्थानहरूको खोजी गरिने अर्थमन्त्री डा. खतिवडाले बताएका छन् । त्यस्तै, राष्ट्र बैंक मार्फत प्रवाह हुने सहुलियतपूर्ण कर्जा परिचालनबाट पनि रोजगारी सृजना हुने उनले बताए ।
कोरोनाको कारणले विदेशबाट रोजगारी गुमाएर फर्किर नेपालमा आउने र स्वदेशमा हरेक वर्ष थपिने श्रमिकका लागि सरकारले बजेट मार्फत तयारी गरेको अर्थमन्त्री डा. खतिवडाले बताए । सहकारी क्षेत्रमा पनि रोजगारी सिर्जना गर्न सकिने प्रशस्त अवसर देखिएको । सरकारले यो क्षेत्रमा पनि गाउँ गाउँमा रोजगारी सिर्जना गर्न सक्ने बताइसकेका छन् ।
उनले भने, नेपालको श्रम बजारमा लाखौ विदेशीले अवसर पाइरहेका छन् अब त्यो अवसर नेपाली श्रमिकले पाउनु पर्छ ।’ अब विदेशी कामदारका लागि नेपालमा काम गर्न केहि कडाइ गरेका छौं । पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.खतिवडाले नेपालमा काम गर्ने मजदुरको लामो लिष्ट आएको भन्दै उनले भने, विभिन्न उद्योगका साथीहरूको छलफलबाट विदेशी कामदारहरूको हजामदेखि प्लम्वरसम्मको लामा लिष्ट आएको छ ।’
उद्योगमा नेपाली कामदार लगाउन सकिने
नेपालमा अहिले करिब १० लाख विदेशी नागरिकले नेपालको श्रम बजारमा काम गरिहेका छन् । यसबाट वार्षिक करिब साढे तीन खर्ब रेमिट्यान्स विदेश जाने गरेको नेपाल बैंक तथा वित्तीय परिसंघका अध्यक्ष पवन गोल्यान बताउँछन् ।
लकडाउनका कारण सरकारले सामाजिक दूरी कामय गरेर उद्योग सञ्चालन गर्न भनेपनि काम गर्ने मजदुरको अभावका कारण स्टिल उद्योगहरू अहिले ताला लागेका छन् । करिब १० हजार कामदारहरू बेरोगार जस्तै बनेका छन् भने कतिपय मजदुर विदेशी भएका कारणले आफ्नो देश फर्किएकाले पनि उद्योग सञ्चालन गर्न कठिन भइरहेको छ । पूर्व अर्थसचिव रामेश्वर खनालले विदेशी कामदार कार्यरत यी उद्योगमा अब तालिम दिएर उनीहरू नर्फकदै नेपाली कामदारलाई अवसर दिनुपर्ने बताए ।
सिमेन्ट क्षेत्रमा पनि प्रर्याप्त छ रोजगारी
सिमेन्ट उद्योगमा प्रत्यक्ष र अप्रक्ष्य गरी करिब एक लाख रोजगारी पाइरहेका छन् । त्यसमा पनि विदेशी कामदारको संख्या ठूलै रहेको उद्योगीहरू बताउँछन् । यो क्षेत्रमा पनि अझै रोजगारी सिर्जना हुन सक्ने व्यवसायीहरूले बताएका छन् ।
पूर्वाधार निर्माणमा कम्तीमा ५ लाख
हाल निर्माण व्यवसायमा जम्मा २० लाख रोजगारले रोजगारी पाइरहेका छन् । निर्माण व्यवसायीसँग नियमित र निश्चित समय सम्झौता गरेर काम गर्ने दुई प्रकारका मजदुर हुने गर्दछन् । निर्माण क्षेत्रमा १० लाख नेपाली मजदुर र ५ लाख भारतीय तथा चीनियाँ मजदुर छन् । प्राविधिक, अपरेटर, निर्माण व्यवसायी गरी ५ लाख छन् ।
१५ लाख असंगठित मजदुर छन् भने तीन लाख संगठित कामदार र दुई लाख निर्माण व्यवसायी, कर्मचारीे निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि अध्यक्ष सिंह बताउछन । ‘अहिले भारतीय तथा चीनिया कामदार स्वदेश फर्केको अवस्था छ,’ उनले भने ‘विदेशीले गर्दै आएको काम तालिम दिएर भएपनि स्वदेशीलाई लगाउन सके राम्रो हुन्थ्यो ।’ यसले बेरोजगार समस्या समाधान गर्न केही टेवा पुग्ने थियो ।
सुनचाँदीमा डेढ लाख रोजगारी
हाल सुनचाँदी व्यवसायमा करिब २ लाख कालिगढले काम गर्दै आएका थिए । सो कालिगढमध्य ७५ प्रतिशत भारतीय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए् । यस वाहेक देशभरि सञ्चालित करिब २२ हजार सुन पसलमा कम्तीमा १० हजारको रोजगारी गुमेको छ ।
कालिगढ बाहेक नै सुन पसलमा काम गर्ने स्टाफलाई मात्र प्रति स्टाफको २० हजारको दरले मासिक २० करोड रुपैयाँको रोजगारी गुमेको छ,’ उनले थपे । सुनचाँदी व्यवसायका करिब डेढ लाख कालिगढ नेपालमै उत्पादन गर्न सके नेपालीले नै काम पाउने थिए,’ शाक्यले भने ‘सुनचाँदी बजारमा प्रर्याप्त रोजगारी छ तर नेपालीमा यो कला सिक्ने प्यासन छैन ।’ तालिम दिएर नेपालीलाई यो काममा लगानउ सके राम्रो र दिगो हुने थियो ।’
विदेशी कामदारहरु यो पेशामा काम गर्ने भएकाले सुनचाँदीको व्यवसायको निर्माण क्षेत्रको चक्र नै टुटेको छ सुनचाँदीमा सबै एकै जना कालिगढले नबनाइ धेरै जनाको टिम वर्कबाट बन्ने गरेको थियो । अब विदेशी कालिगढहरु नेपाल आउँछन् वा आउँदैनन् त्यस कारणले पनि यो पेशाले सहि बाटो पक्रन भन्नपनि गाह्रो भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस