
भारत । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार नाघेको छ । आइतबार एकै दिन ८ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको हो ।
वल्डो मिटरकाअनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ। आइतबार मात्रै त्यहाँ संक्रमणबाट २ सय २३ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म ९१ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ६२ लाख ५९ हजार ५ सय ३३ पुगेको छ। सोमबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार आइतबार मात्रै विश्वभर १ लाख ९ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म संक्रमणबाट विश्वभर ३ लाख ७३ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस