aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप २५ जनाले कोरोना जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
थप २५ जनाले कोरोना जिते

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । रुपन्देहीका १६, कपिलवस्तुुका ५, पश्चिम नवलपरासीका ३ र भारतका १ जना सोमबार बिहान डिस्चार्ज भएका हुन् । 

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस