
काठमाडौं । थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
नयाँ थपिएका संक्रमित २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । जसमा दैलेखका ४१ जना, कपिलवस्तुका ४० जना, सर्लाहीका ३८ जना, जुम्लाका १९ जना, रौटहतका १८ जना, कैलालीका १४ जना, सल्यानका १० जना, दाङका ९ जना, बाँकेका ७ जना, धनुषाका ७ जना, सुर्खेतका ५ जना सिरहाका ५ जना, नवलपरासी पूर्वका ३ जना, पाल्पा ३ जना, रुपन्देही २ जना, झापाका २ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, उदयपुरका १ जना, अछामका १ जना, बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जना रहेका छन् ।
योसंगै कोरोना संक्रतिको संख्या १७९३ पुगेको छ भने २२१ जना निको भएर घर फर्किसकेका छन् । यसको संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस