aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

लोकसेवाले सहसचिवको अन्तरवार्ता तालिका सार्वजनिक गर्‍यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
लोकसेवाले सहसचिवको अन्तरवार्ता तालिका सार्वजनिक गर्‍यो

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना निकालेको छ। आज बसेको आयोगको बैठकले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ता गर्ने मिति तय गरेको हो।

लकडाउनका कारण यसअघि सबै विज्ञापन तथा परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो।

प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ गतेसम्म अन्तरवार्ता हुने छ । भने नेपाल लेखापरीक्षणतर्फ आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ गते निर्धारण गरिएको छ ।

नेपाल प्रशासन सेवातर्फ खुला तथा समावेशीको द्वितीय चरणको मामिला प्रस्तुतीकरण कार्यक्रम असार १५, १६ र १७ गते हुने छ। यस्तै अन्तरवार्ता कार्यक्रम भने असार १८ देखि २६ गते निर्धारण गरिएको छ । आन्तरिक प्रतिस्पर्धातर्फ इन्जिनियरिङ सेवा सिभिल, जनरलको अन्तरवार्ता असार २८ गते निर्धारण गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस