aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

जुवाको खालबाट बैंक सञ्चालकदेखि चिया व्यापारीसम्म पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
जुवाको खालबाट बैंक सञ्चालकदेखि चिया व्यापारीसम्म पक्राउ

काठमाडौं । सोमबार प्रहरीले जुवाको खालबाट भिआइपी जुवाडे पक्राउ गरेको छ । कमलादीस्थित गगौंर बुटिक होटेलबाट प्रहरीले भिआइपी व्यापारीलाई पक्राउ गरेको हो ।

होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  जुवा खेलिरहेको अबस्थाबाट ९ जना व्यापारीलाई नगदसहित पक्राउ गरेको हो ।

अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका सञ्चालक रहेको बताइएको छ । रामचन्द्र संघाई एनआईसी एशिया बैंकसँग सम्बन्धी हुन । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगी हुन । 

प्रतिक्रिया दिनुहोस