aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

थप १० जनामा कोरोना संक्रमण, पर्वतमा पनि भेटिए संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
थप १० जनामा कोरोना संक्रमण, पर्वतमा पनि भेटिए संक्रमित

काठमाडौं । थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अुनसार स्याङ्जाका पाँच जना र पर्वत पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

नयाँ थपिएका स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुष रहेका छन् । 

त्यस्तै पर्वतमा पनि पहिलो पटक कोरोना स‌ंक्रमण देखिएको छ। पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

प्रतिक्रिया दिनुहोस