aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

धरान र झापाका १८ जना कोरोनामुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
धरान र झापाका १८ जना कोरोनामुक्त

सुनसरी । धरान र झापाका १८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गएराति १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । 

दुई पटकसम्मको पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ। डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला रहेकी छिन भने अन्य सबै झापा जिल्लाका हुन। धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको छ भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको  छ । 
 

प्रतिक्रिया दिनुहोस