aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बैतडीको क्‍वारेन्टाइनमा २२ वर्षीया महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
बैतडीको क्‍वारेन्टाइनमा २२ वर्षीया महिलाको मृत्यु

बैतडी । बैतडीमा क्‍वारेन्टाइनमा बसेकी २२ वर्षीया महिलाको मृत्यु भएको छ । बैतडीको पुरचौडी नगरपालिका ४ मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको सोमबार राति मृत्यु भएको हो ।

ती महिला गत १६ गते भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आजै आउने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस