aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

आन्तरिक राजस्व कार्यालयको ताकेता जेष्ठ २५ भित्र यी राजस्व बुझाउनु होला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
आन्तरिक राजस्व कार्यालयको ताकेता जेष्ठ २५ भित्र यी राजस्व बुझाउनु होला

काठमाडौं । आन्तरिक राजस्व कार्यालयमा करदाताले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण आय कर, मूल्य अभिवृद्धि कर तथा विभिन्न शुल्क र ती विवरण अनुसार भुक्तानी गर्नपर्ने कर दाखिला गर्न एक सूचना प्रकाशित गरेको छ । 

मूल्य वृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ फागुन र चैत्र महिनाको मासिक कर विवरण, माघ महिनाको द्धिमासिक र मंसिरको चौमासिक कर विवरण तथा ती विवरणहरुमा कर दाखिला  गर्ने म्याद २०७७ जेष्ठ २५ गतेसम्म बुझाउन सूचना जारी गरेको हो । 

त्यस्तैगरि, फागुन र चैत्रको अन्तशुल्क, फागुन र चैत्रका आयकर, शिक्षा सेवा शुल्क तथा दूरसञ्चार सेवा कर जेठ २५ गतेभित्र बुझाउन भनिएको सूचना आन्तरिक राजस्व विभागको वेवसाइटमा राखिएको छ । 

रकारले लकडाउन जेठ ३२ गतेसम्म गरेपनि सरकारलाई बुझाउन पर्ने विभिन्न शिर्षकका करको म्याद नथपेकाले विभागले सूचना मार्फत राजस्व तिर्नका लागि करदाताहरुको जानकारीका लागि सूचित गरेको विभागका महानिर्देशक विनोदबहादुर कँवरले आर्थिक न्युजडकमलाई बताए । 

उनले भने, अब सरकारले लकडाउन त थपेको छ तर, कर तिर्नका लागि समय थप नगरेका कारणले कर तिर्नका लागि करदाताहरुको जानजकारी गराएका हौं । करदाताहरुलाई कर कार्यालय वा बैंकसम्म जानको लागि स्थानीय निकायसँग सहकार्य गरेर हामी त्यो वातावरण बनाइदिन्छौं । 
 

प्रतिक्रिया दिनुहोस