aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

त्रियुगा वचाउ अभियानमा २१ वटा नारा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
त्रियुगा वचाउ अभियानमा २१ वटा नारा

त्रियुगा वचाउ किन  ?
१ चुरे पर्वत श्रृंखलाको आयु स्थिर गर्न
२ सम्मृद्ध त्रियुगा उपत्यका निर्माण गर्न
३ वातावरण, जलको स्वच्छता,जलमार्ग तथाचुरे वचाउन
४ सहभागिता साझेदारीको विकास गर्न  
५ सामाजिक सचेतना अभिवृद्धि गर्न
६ हरित भूमि निर्माण गर्न
७ पहिरो , गल्छि नियन्त्रण गर्न
८ पानीको मूल, सिम्सार, जलाशय, पोखरीहरुको पुनरुत्थान गर्न
९ सिचाई सुविधा सहज वनाउन
१०  जीविकोपार्जन सहज वनाउन
११  भौतिक पूर्वाधार विकासका आधार तयार गर्न र लगानी कम गर्न 
१२ भूमिहिनलाई भूमि व्यवस्थापन गर्न सहयोग पुर्याउन 
१३ एकिकृत विकास कार्यक्रम थालनी गर्न सहयोग पुर्याउन 
१४ वढ्दो मरुभूमिकरण रोक्न 
१५ जलवायू परिवर्तनलाई अनुकूलन गर्न 
१६ माटोको जैविक तत्व सुरक्षित गर्न 
१७ जैविक विविधताको संरक्षण गर्न 
१८ रोजगारीको अवसर श्रृजना गर्न
१९ आयआर्जन र आयस्तरको अवसर वृध्दि गर्न
२० सामाजिक न्याय स्थापना गर्न
२१ उपलव्ध जडिवुटीको संरक्षण, संवर्धन र उपयोग गर्न 

त्रियुगा बचाउ अभियान आफैमा एउटा चुनौतिपूर्ण तथा पेचिलो अभियानको रुपमा रहेको जटिल विषय वस्तु हो । यस जटिलतालाई सहज बनाउने उद्देश्यले २०७० साल मंसिर १७ गते  जिल्ला वन कार्यालय उदयपुरको प्राङ्गणमा भएका सार्वजनिक वहसले एउटा गति लिएको छ । 

अभियानलाई वृहत्तररुपमा अगाडि वढाउन शुरुआत गरिनु पर्छ भन्ने दृष्टिकोणका साथ  आवाज नेपाल उदयपुर तथा हाल उदयपुर क्षेत्र नं १का प्रदेश सभासद विमलकार्की सुशासनका हिमायति भरत खड्का  बृद्धिजीविका तर्फबाट वलराम दवाडीले प्रस्तुत गर्नु भएको अवधारणापत्र प्रस्तुत गर्नुभएको छ । 

तत्कलिन  जिल्ला वन अधिकृत किशोर चन्द्र  गौतम  एवं तत्कालिन जिल्ला भू संरक्षणक प्रमुख सूर्य नारायण चौधरीवाट प्रस्तुत दृष्टिकोणले वहसलाई सरोकार समूह समक्ष व्यापक वहस  गराउन सफल भएको छ । सोही दिन कुमार सिंह कार्कीको नेतृत्वमा  अभियानको शुरु भए पश्चात विधान दर्ता चरिचरण मुक्त क्षैत्रको घोषणा मोरङको राजघाट र इटहराक्षेत्रको अवलोकन भ्रमण वृक्षरोपणजस्ता कामहरु भएका छन ।

त्रियुगा नदीको शीर रौता पोखरी जसलाई उदयपुरको धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । जसबाट वहने त्रियुगा नदीमा चुरे पर्वत तर्फबाट वहने १४वटा खहरेहरु र ४वटा खोल्सीहरु स्मेत १८ वटा क्रमश: माटीखौवा, जलजले, मोहनपुर, देउरी, फर्सेट, ठाडी, लुवाले, वविया, कङ्ग, वाहुना,अँधेरी, हडियाखोला, डुङ्गा, राजावास खोल्सी, छिडीखोला, सिवाइखोला, घेरखोला धमिनी, डुङ्गा खोल्सी यी सबै खोलाहरुका घटीमा २ र वढीमा १५ सम्म खहरे उपखहरे र खोल्सीहरु मिलेर वहेको मानिसहरु वताउँछन् । 

जसमध्य देउरी, ठाडी ,लुवाले, कङ्ग, हडिया र सिवाइ खोलाकोजंगल तर्फ वाह्रैमास पानी वगीरहने पानीका स्रोतहरु छन । जस्लाइ जलाशय तथा सिम्सारको रुपमा विकास  गरि लघु विद्युत एवं सिचाइ लगायत आय आर्जनका विविध उपायहरु अवलम्वन गर्न सक्ने सम्भावना रहेको छ ।  यसैगरि महाभारत पहाड तर्फबाट पुवारे, छौडिया, अँधेरी, कालीखोला, सरस्वति, साइखोला ,आपसोत, भोर्ले, वरुवा ,भँडारजोर, घोरमोहना, खैराहा, देवधार,  भीमा, द्वारखोला, लाटीखोला, लामो खोला र काली खोलात्रियुगा नदीमा मिसिन पुग्छन भने गिदेरी, सिसुवा र सेति खोला सप्तकोसीको वहाव क्षेत्रमा मिल्न पुग्छन ।

दाहिने तिरको माटी खौवा होस वा वाँया तर्फको पुवारेहोस शुरुहुने दुबै तर्फका यी खोला तथा खहरे र खोल्सी हरुबाट हजारौ विघा उर्वर जमिन वलौटे मैदानमा परिणत भएको छ । पहाडका चोटीहरुबाट देखिदा होस वा आकाशमार्गबाट देखिने त्रियुगाको उराठ लाग्दो वलौटे मैदान यीनै खहरे र खोलाहरुको कारण हो भन्दा अतिशयोक्ती हुन्न सक्दैन । तसर्थ चुरेको माटो चुरेलाई स्वस्थ र स्वच्छ पानी आवादीलाई भन्ने नाराकासाथ वालुवा तथा माटोलाई चुरे तर्फ नै रोक्न गल्छी नियन्त्रण तहगत पोखरी ताल जलाशय निर्माणार्थ सब सरोकार समूह, स्थानीय जनसमुदाय, सामुदायिक वनउपभोक्ता समूहहरु, यूवा तथा महिलाहरु एक जुट हुन पर्ने बेला आएको छ । 

विकास निर्माणका निमित्त गठित संघ सँस्थाहरु, गैह्र सरकारी संघ सँस्थाहरु, गाउ तथा  नगर पालिकाहरु, सम्वन्धित वडाहरु ,वृहदजलाधार संरक्षण ,कोशी जलाधार क्षेत्र संरक्षण, वन कार्यालयका विभिन्न इकाइहरु, वातावरणविद्हरु, जगा धनीहरु, शिक्षक, विद्यार्थी, शैक्षिक सँस्थाहरु विद्यालय तथा महा विद्यालयहरु ,अन्य सरोकार र संरक्षण क्षेत्रका स्थानीय संघ सँस्थाहरु, प्रभाव तथा प्रवाह क्षेत्रभित्र वसोवास तथा खेती गर्ने किसानहरु सचेत हुन जरुरी भएको  छ । 

वातावरण जोगाउन जमिनलाई मरुभूमिकरणबाट वचाउन हरितभूमि निर्माण गर्न सम्भव हुने छ । विद्यालयका प्राथमिक तह देखि मावि तह सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी अध्यापन गर्ने व्यवस्था गरिनु पर्छ । सम्मृद्ध त्रियुगा उपत्यका र स्वच्छ तथा सफा जल सहितको जलाधार क्षेत्र एवं हरितभूमि निर्माण गर्न २१ सूत्रीय लक्ष तय गरी थालनी गरिएको छ ।

उक्त अभियानले हिजोका दिनहरुमा चरिचरण निष्ोधित क्षेत्रको घोषणा र जनताको हरियो वाँध अवलोकन भ्रमण  विधान दर्ता जस्ता सकारात्मक कामको थालनी गरेर शुरुआत गरिएको छ । सो कायक्रम पछिल्ला दिनमा आएर शिथिल भएको छ भने हाल आएर त्रियुगा करिडरले त्रियुगा नदीको दुवै किनारा वाँध वाध्ने कामको थालनीले यस भेगका मानिसहरुमा वाढीबाट क्षति कम हुने कुरामा आशा पलाएको  छ । 

तर, चुरे तर्फबाट वहने खहरेहरुको वालुवालाई शीर तर्फ नै रोक्ने प्रयास तथा कार्यको थालनी नगर्ने हो भने  नदी नियन्त्रणको निमित्त गरिएको प्रयासले सार्थकता पाउने छ । यस तर्फ सबैको ध्यान जानु जरुरी छ । ”चुरेको माटो चुरेलाई स्वच्छ तथा सफा पानी आवादीलाई” नारा सार्थक वनाउन सबैको सहभागिता जुट्न सकोस । (कुमारसिंह कार्की चौदण्डीगढी नगरपालिका १० हडियावजारका बासिन्दा हुन)
                                  

                                     
 

प्रतिक्रिया दिनुहोस