aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
थप २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले थप २९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।  

नयाँ थपिएका संक्रमित सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जना रहेका छन् । जसमध्ये २७ जना पुरुष र २ जना महिला रहेका छन्।

योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस