aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप २८८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
थप २८८ जना कोरोना पुष्टि,  संक्रमितको संख्या २ हजार ९९ पुग्यो

काठमाडौं । थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । 

नयाँ थपिएका संक्रमित २७० जना पुरुष र १८ जना महिला रहेका छन् । जसमा रौतहट ७४ जना, स्याङ्जाा ५ जना, पर्वतका ५ जना, सप्तरीका १ जना, बर्दियाका ३ जना, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना, दाङका १७ जना, सर्लाहीका २१ जना, प्यूठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोतरीका २ जना, बाराका १ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङ १ जना, कपिलवस्तुका १६ जना, काठमाडौंका ४ जना, नवलपरासीका २ जना, नुवाकोटका २ जना, रुपन्देहीका १५ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने २ सय ६६ जना निको भएर घर फर्किसकेका छन् । जसमा पुरुष २१२ र महिला ५४ जना रहेका छन् । त्यस्तै, ८ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस