aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। 

डा. देवकोटाका अनुसार अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुषमा संक्रमण देखिएको हो। सबै स्वास्थ्यकर्मीको स्वास्थ्यवस्था सामान्य रहेको छ । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस