aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

जेठ २ गते जारी गरेको नीलो पास यथावत्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
जेठ २ गते जारी गरेको नीलो पास यथावत्

काठमाडौं । बन्दाबन्दी समयमा सवारी साधन सञ्चालनका लागि वितरित नीलो रङको पासलाई यथावत् राखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही जेठ २ गतेदेखि सात दिनका लागि उपत्यकाभित्रका लागि वितरण गरेको नीलो सवारी साधन पासलाई यथावत् राखिएको जनाएको हो । 

कार्यालयले आज सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर (हाल जेठ ३२गतेसम्म) मान्य हुने जनाएको छ ।  उक्त सूचनानुसार यसअघि सात दिनका लागि अत्यावश्यक सेवामा खटिनेहरुका लागि जारी गरिएको पासको नवीकरणसमेत कायमै राखिएको छ ।

जिप्रकाबाट पास वितरण गर्दा भीडभाड भई संक्रमणको जोखिम बढेको जनाउँदै बुधबारदेखि पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन आग्रह गरिएको छ । उक्त निवेदनानुसार सवारी पास तयार भएको  जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसअघि सात दिनको सवारी पासको म्याद सकिएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस