aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

थापाथलीको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
थापाथलीको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धादिङ घर भएकी २३ वर्षिया गर्भवती महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता देवकोटाका अनुसार उनी ६ दिनअगाडि ज्वरो आएर अस्पताल भर्ना भएकी थिइन् । कोरोनाको शंका लागेर पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएको हो । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने २ सय ६६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस