aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ट्रम्पलाई सहयोग गर्दा टिकटकले माफी माग्नु पर्‍यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
ट्रम्पलाई सहयोग गर्दा टिकटकले माफी माग्नु पर्‍यो

काठमाडौँ । प्रयोगकर्ताको व्यापक विरोधपछि टिकटकले ह्यास्ट्याग ब्ल्याक लाईभस् म्याटर र  ह्यास्ट्याग जर्ज फ्लोइड (#BlackLivesMatter and #GeorgeFloyd) मा शून्य दर्शक बनाएकोमा माफी मागेको छ ।  

चीनको बाइटडान्स नामक कम्पनीको स्वामित्वमा रहेको छोटो भिडियोहरुको यो एपले अमेरिकामा भएको काला वर्णका जर्ज फ्लोइड नामक व्यक्तिको गैर-न्यायिक हत्याको ह्यास्ट्यागको माध्यमबाट विरोध गरेकोमा त्यसलाई दबाउने प्रयास गरेको थियो । 

धेरै प्रयोगकर्ताले काला मानिसहरूको शक्ति प्रदर्शन गर्न र जातीय विभेद विरुद्धको आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गर्न कालो मुठ्ठी उठाएको प्रोफाइल पिक्चर राखेका थिए । उनीहरूले सो अमानवीय हत्याको विरोधमा उत्रिएकालाई खण्डन गर्ने र त्यसको विरुद्ध उभिने जो कोहीलाई अनफलो (unfollow) गर्न समेत अनुरोध गरेका छन् । 

यो सबै देखेपछि टिकटकले माफी माग्दै टिकटकका अमेरिका म्यानेजर भनेसा पापाज र क्रिएटर कम्युनिटीका निर्देशक कुद्ज़ी चिकुम्बुले एक ब्लग पोष्टमा लेखेका छन्, “ हामी हाम्रा सबै ब्ल्याक क्रिएटर र कालावर्ण भएकाहरूको समुदाय जसले आफूलाई असुरक्षित, निसहाय र दबाइएको महसुस गर्नु भएको छ तपाईँको भवनको सम्मान गर्छौँ र माफी माग्न चाहन्छौँ ।”

यसबिच प्रयोगकर्ताले ह्यास्ट्याग ब्ल्याक लाईभस् म्याटर र  ह्यास्ट्याग जर्ज फ्लोइड टाइप गर्दा त्यसमा जिरो भ्युज (कसैले पनि नहेरेको) देखिन्थ्यो । तर ह्यास्ट्याग सर्च गर्दा भने त्यसलाई २ अर्व भन्दा बढीले हेरेको देखिन्थ्यो ।

त्यसो त टिकटकले यसअघि पनि यसरी सेन्सर गर्ने गरेको थियो । हंगकंगमा भएको प्रदर्शनको बेला समेत टिकटकले सेन्सर गरेको आरोप लागेको थियो । यस पटक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले काला वर्णका नागरिक माथि गरेको भेदभाव र दमनलाई सहयोग पुग्ने गरी सेन्सर गरेपछि समस्यामा परेको हो । त्यसैले हालको समस्यामा भने माफी मागेको छ । 

प्रतिक्रिया दिनुहोस