
वीरगञ्ज । आन्तरिक राजस्व विभागद्वारा हालै जारी ‘कर विवरण तथा कर बुझाउने सम्बन्धी सूचना’ प्रति वीरगञ्ज उद्योग वाणिज्य संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार अर्थमन्त्रालयले जारी गरेको कर वितरण तथा कर बुझाउने सम्बन्धी सूचनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
आन्तरिक राजस्व कार्यालयमा करदाताले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण आय कर, मूल्य अभिवृद्धि कर तथा विभिन्न शुल्क र ती विवरण अनुसार भुक्तानी गर्नपर्ने कर दाखिला गर्न एक सूचना प्रकाशित गरेको छ ।
मूल्य वृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ फागुन र चैत्र महिनाको मासिक कर विवरण, माघ महिनाको द्धिमासिक र मंसिरको चौमासिक कर विवरण तथा ती विवरणहरुमा कर दाखिला गर्ने म्याद २०७७ जेष्ठ २५ गतेसम्म बुझाउन सूचना जारी गरेको हो ।
त्यस्तैगरि, फागुन र चैत्रको अन्तशुल्क, फागुन र चैत्रका आयकर, शिक्षा सेवा शुल्क तथा दूरसञ्चार सेवा कर जेठ २५ गतेभित्र बुझाउन भनिएको सूचना आन्तरिक राजस्व विभागको वेवसाइटमा राखिएको छ ।
रकारले लकडाउन जेठ ३२ गतेसम्म गरेपनि सरकारलाई बुझाउन पर्ने विभिन्न शिर्षकका करको म्याद नथपेकाले विभागले सूचना मार्फत राजस्व तिर्नका लागि करदाताहरुको जानकारीका लागि सूचित गरेको विभागका महानिर्देशक विनोदबहादुर कँवरले आर्थिक न्युजडकमलाई बताएका थिए ।
प्रतिक्रिया दिनुहोस