
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यही जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले दिएको निर्देशन नमान्न आह्वान गरेका छन् । विभागले दिएको निर्देशन अवज्ञा गर्न प्रवक्ता शर्माले ट्विटमार्फत नागरिकलाई आह्वान गरेका हुन्।
प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता१ जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन।’ उनले अगाडि लेखेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता! साेध्न चाहन्छु- कसैको व्यक्तिगत सनकमा देश चल्दैछ कि यही हो- कम्युनिस्ट समाजवादको आधारशिला ?’
चैत ११ गतेदेखि देशभर लकडाउन लागू भइरहेको भए पनि विभागले मंगलबार सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस