aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

काठमाडौं मेडिकल कलेज बन्द गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
काठमाडौं मेडिकल कलेज बन्द गरियो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल बन्द गरिएको छ । अस्पतालमा कार्यरत चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको हो । 

अस्पताल प्रशासनका अनुसार अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । अस्पतालका  सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।

अस्पतालका अन्य बिरामी र नजिकको समुदायमा समेत संक्रमण फैलिने सम्भावना भएकोले अस्पताल प्रशासन आफैले अस्पतालको सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ । 

शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिने र अन्य बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस