
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्न विज्ञ समूहलाई बोलाएका छन्। प्रधानमन्त्री ओलीले लकडाउनको नयाँ मोडालिटी र यसले पारेको प्रभावबारे छलफल गर्न २५ जना विज्ञहरूलाई आज दिउँसो ४ बजे बालुवाटार बोलाइएका हुन्।
लकडाउनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको जनाइएको छ । छलफलमा डा. भगवान् कोइराला, स्वर्णिम वाग्ले, डा. लोचन कार्की लगायतको समूहलाई डाकिएको छ।
पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ। यसअघि नै सरकारले लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरिरहेको छ । मोडालिटीको जिम्मेवारी मन्त्रिपरिषद्ले कोभिड १९ उच्चस्तरीय समन्वय समितिलाई दिएको छ।
प्रतिक्रिया दिनुहोस