
दमक । सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक–१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा आज दिउँँसो भेटेको २९ हजार रुपैयाँ इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् ।
हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायब निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाउनुभएको हो । सडकमा छरपस्ट अवस्थामा पैसा झरेपछि त्यस पैसा सम्बन्धित व्यक्तिसम्म पुगोस् भन्ने हेतुले रकम प्रहरीमा बुझाएको गौतमले बताए ।
सडकमा भेटिएको रकम यसरी बुझाउने कार्य चालक गौतममा इमान्दारिताका साथ देखिएको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो । भेटिएको रकम बुझाउन चालक गौतमसँगै जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम र सञ्चारकर्मी प्रहरी कार्यालयमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस