aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ । 

काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द  सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई  सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण गराएका छन ।

प्रतिक्रिया दिनुहोस