
काठमाडौं । विश्व बैंकले करीब १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । नेपालमा कोभिड १९ को प्रभाव न्यूनिकरण र विद्यूत क्षेत्रको सुधारका लागि यो ऋण खर्च गरिने छ ।
नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।
नेपालले पाउने ऋण सहायता स्वीकृत भएको विश्व बैंकले बुधबार जानकारी दिएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।
प्रतिक्रिया दिनुहोस