aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

झडप हुँदा १५ जना घाइते, सेना घटनास्थल पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
झडप हुँदा १५ जना घाइते, सेना घटनास्थल पुगे

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर आज दुई पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् । 

झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थिति नियन्त्रण हुन नसकेपछि नेपाली सेना घटनास्थल पुगेको छ ।
 
स्थानीयवासी एंव जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले गणेशी मण्डलको जग्गाको पिलर उखेलेपछि पाँच दिनअघि भएको झगडाले आज उग्ररुप लिँदा १५ जना घाइते भएका हुन् । 

घाइते हुनेमा  इद्रिस मन्सुरी, मो उस्मान, ताहिर मन्सुरी, मो मुख्तार, मनीर मन्सुरी, महबुद मन्सुरी, वीरेन्द्रप्रसाद यादव, सीताराम दास, सजन साहलगायतका छन् । दुवै पक्षले एकअर्कामाथि लाठी, ढुङ्गा र घरेलु हतियारले आक्रमण गरेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
 

प्रतिक्रिया दिनुहोस