
एजेन्सी । आइटी कम्पनी इन्फोसिसमा काम गर्ने कर्मचारीहरु कम्पनीमा काम गर्दा गर्दै करोडपति भएका छन् । आर्थिक वर्ष २०१९/२० कम्पनीमा ७४ जना कर्मचारी करोडपति बनेका हुन ।
यसभन्दा अघिल्लो आर्थिक वर्षमा उक्त कम्पनीमा करोडपति हुनेको कर्मचारी संख्या ६४ जना थिए । यस कम्पनीका अध्यक्ष नन्दन नीलेकणीले स्वेच्छाले आफूले तलब लिएका छैनन । इन्फोसिसमा काम गर्ने उच्च तह भाइस प्रसिडेण्ड र सिनियर भाइस प्रसिडेण्डका रहेका छन् ।
इन्फोसिसको वार्षिक विवरणका अनुसार उच्चतहमा काम गर्ने कर्मचरी तलबको प्याकेजमा भइरहेको वृद्धि र कर्मचारीलाई कम्पनीले बोनसका रुपमा दिएको कम्पनीको शेयरको मूल्यका कारण उनीहरुको सम्पत्ति करोडौ मूल्यको भएको छ ।
आर्थिक वर्ष २०१९/२० मा कर्मचारीको तलब औषत १० प्रतिशतले वृद्धि भएर ६.८ करोड भारुसम्म पुगेको छ । तर, इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत सलिल पारेख र सीओओ प्रविण रावको तलब भने ५०२ र १५५ गुणाले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस