aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कोरोना जितेका बैतडीका युवक कारागार चलान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
कोरोना जितेका बैतडीका युवक कारागार चलान

बैतडी । बैतडीका पहिलो कारोना संक्रमित युवक निको भएका छन्। लगातार २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन्।

कर्तव्य जान मुद्दामा अनुसानका क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

स्थानीय किशोरीको हत्या आरोपमा वैशाख १५ गतेदेखि उनी प्रहरी हिरासतमा थिए । युवकलाई बैतडी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकोले डिस्चार्ज लगत्तै कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस