
काठमाडौं । सरकार कर तिर्ने समय थप्न तयार भएको छ । हिजो मंगलबार सूचना जारी गरेर जेठ २५ गतेसम्म कर भुक्तानी गर्न निर्देशन गरेपछि व्यापक विरोधमा उत्रिएका उद्यमी व्यवसायीलाई कर तिर्ने म्याद थप गर्न सरकार तयार भएको हो । आज नेपाल नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलले अर्थ सचिव शिशिरकुमार ढुंगानासँग भेट गरी कर तिर्ने समय बढाउन माग गरेका हुन् ।
उद्यमीसँगको भेटमा अर्थ सचिव ढुंगानाले यसमा केही विचार गर्ने आश्वासन दिएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कमा तिर्ने समयमा समेत केही लचकता अपनाउन माग गरेका छौं,’ उनले भने ‘अर्थमन्त्रीज्यूले यसमा लचकता अपनाउनु हुनेमा हामी आशावादी छौं ।’ यसको अर्थ अर्थ मन्त्रालय कर भुक्तानी समय थप गर्न तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस