
काठमाडौं । हिजो मंगलबार सूचना जारी गरेर यहि जेठ २५ गतेसम्म दिएको कर तिर्ने समयावधि सरकारले थप गरेको छ । सरकारले कर तिर्ने समय जेठ २५ को अवधिलाई बढाएर असार ७ गतेसम्म पुर्र्याएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले केही समय अघि अर्थ सचिव शिशिरकुमार ढुंगानलाई भेटर समय थप गर्न माग गरेसँगै आन्तरिक राजस्व विभागले पुनः सूचना निकालेर समय थप गरेको हो । कोभिड–१९ का कारण बन्द रहेको उद्योग व्यवसायलाई कर तिर्न सरकारले दवाव दिएपछि उद्योगी व्यवसायीहरू व्यापक विरोधमा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस