aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

लकडाउनबारे विज्ञसँग छलफल गर्दै प्रम ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
लकडाउनबारे विज्ञसँग छलफल गर्दै प्रम ओली

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

छलफलका लागि प्रधानमन्त्रीले आज ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार विभिन्न क्षेत्रका २५ जनालाई परामर्शका लागि बालुवाटार बोलाइको छ । प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समीक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा विश्लेषणसहित छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटर स्रोतले जनाएको छ ।

गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो । सरकारले ३२ जेठसम्म लकडाउन घोषणा गरिसकेको छ ।

यसअघि कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिले बिभिन्न व्यापारी व्यवसायीसँग मंगलबार छलफल गरेको थियो । छलफलमा सहभागी उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउनुपर्ने र उद्योग सञ्चालन गर्न दिनुपर्ने माग राखेका थिए ।

सरकार कर तिर्ने समय थप्न तयार, सक्नेलाई तुरुन्तै तिराइने

प्रतिक्रिया दिनुहोस