
काठमाडौं । नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।
नयाँ थपिएका संक्रमित सर्लाही, धनकुटा, झापा, सुनसरी, रौतहट, पर्सा, धनुषा, सप्तरीलगायत जिल्लाका रहेका छन् । जसमा १७९ जना पुरुष र २२ जना महिला रहेका छन् ।
थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३, मोरंङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको २३ सय संख्या पुगेको छ भने २७८ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस