aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कोरोनाबाट थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनका कारण दोलखाका ७६ वर्षिया पुरुषको आज मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता देवकोटाका अनुसार उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ आएको छ । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार  मृत्यु भएको छ ।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ भने संक्रमितको संख्या २३ सय पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस