aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आकर्षक योजना दिएर चीनका मोबाइल कम्पनी भारतले तान्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
आकर्षक योजना दिएर चीनका मोबाइल कम्पनी भारतले तान्दै

एजेन्सी । भारतले विश्वका प्रख्यात मोबाइल फोन उत्पादन गर्ने आकर्षण योजना ल्याएर आफ्नो देशमा तन्न लागेको छ । भारत सरकारले ५० हजार करोडको लागतका तीन नयाँ योजना शुरू गर्ने घोषणा गरेको छ । तर विज्ञहरूका अनुसार मोबाइल ह्यान्डसेटमा चिनियाँ प्रभुत्व समाप्त गर्न र विश्वको शीर्ष मोबाइल कम्पनीहरूलाई भारतमा ल्याउन भने सजिलो भनएको बताएका छन ।

यसको घोषणा गर्दै 'सूचना प्रविधि र सञ्चारमन्त्री रविशंकर प्रसादले मंगलबार मेक इन इण्डियाले अरु कुनै देशलाई पछाडि छोड्नु होइन तर भारतलाई आत्मनिर्भर बनाउनु हो । यी योजनाहरू मोबाईल निर्माणका साथ इलेक्ट्रोनिक उत्पादन र यसका कम्पोनेन्टहरूको उत्पादनको गति बढाउने उद्देश्यले सुरू गरिएको हो ।' 

प्रसादले भने 'तीन योजनाहरुमार्फत आगामी पाँच बर्षमा करीव १० लाख जनताले रोजगारी पाउने योजना समेत सार्वजनिक गरिएको छ ।   यससँगै आठ लाख करोड रुपैयाँ उत्पादन गर्ने र ५.८ लाख करोड रुपैयाँ निर्यात गर्ने लक्ष्य राखिएको छ । मोबाइल फोन र इलेक्ट्रोनिक कम्पोनेन्टको उत्पादन बृद्धि गर्नु ४०९९५ करोडको प्रोडक्ट लिंक्ड इन्सेन्टिभ (पीएलआई) योजनाको लक्ष्य राखेको छ । ' 
 

प्रतिक्रिया दिनुहोस