aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सिजि इलेक्ट्रोनिक्स

‘सबै स्तरका ग्राहकलाई समेट्न नै विभिन्न ब्राण्डको सामान भित्र्याएका छौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत करिव एक दर्जन कम्पनीहरू रहेका छन् । उक्त कम्पनीहरू मध्ये एक हुन् सिजि इलेक्ट्रोनिक्स, सिजि इलेक्ट्रोनिक्सले नेपालमा बिभिन्न बिद्युतीय सामाग्रीहरु बिक्री बितरण गर्दै यहाँका घरायसी बिद्युतीय सामाग्रीहरुको विगत करिव १० वर्ष अघिदेखि आवश्यकता पूरा गराउँदै आइरहेको छ ।

नेपाली बजारमा विभिन्न ब्राण्ड र क्वालिटीका बिद्युतीय उपकरणहरु भित्र्याउदै आइरहेको यी नै सिजि इलेक्ट्रोनिक्सका सेल्स, डेपुटी म्यानेजर प्रभात बरालसँग आर्थिक न्युजले गरेको कुराकानीको आधारमा संपादित अंश । 

सिजी इलेक्ट्रोनिक्सले हाम्रो बजारमा प्रवाह गर्दै आएका वस्तु तथा सेवाबारे केहि बताई दिनुहोस् न ?

बिगत एक दशक भन्दा बढी दमय देखि हामि नेपालमा इलेक्ट्रोनिक्स वस्तुहरुको आपुर्ती गर्दै आएका छौं ।  हामी एलइडी, वासिंग मेसिन, रेफ्रिजेरेटर, एसी लगायतका धेरै वस्तुहरु बिक्रि वितरण गर्दै आएका छौं । 

नेपालको इलेक्ट्रोनिक बजारको कति हिस्सा तपाईंहरुले ओगट्नु भएको छ ?

हामीले नेपालको पुरै बजारको करिव ५० प्रतिशत ओगटेका छौं ।  

तपाईंहरुले भित्राउने गर्नु भएको वस्तुको गुणस्तर कस्तो हो ?

चौधरी ग्रुप अर्थात् सिजीले गुणस्तरलाई जहिले पनि सबैभन्दा माथि राख्छ । त्यो हिसाबले नै म भन्न चहान्छु कि हाम्रो सबै सामान गुणस्तरीय नै हुन्छ । हामी त्यसको  ग्यारेन्टी दिन्छौं । त्यसैले हामी दाबी गर्छौं कि हाम्रो सामान नम्बर १ छ ।  

तपाइँहरुले निम्न र निम्न मध्यम वर्गका ग्राहकका लागि के कस्ता सामान ल्याउने गर्नु भएको छ ?

यसमा सबै भन्दा ठुलो कुरा त हामीले नेपालका ग्राहक कस्ता छन् ।  कुन प्रकारका इलेक्ट्रोनिक्स सामानहरु प्रयोग गर्छन् भनेर हेरिन्छ ।  हामीसँग एउटा मात्र गुणस्तरका बस्तु हुने होइन।  ५-७ वटा ब्रान्ड छन् । एलजी, सीजी, टिसीएल लगायतका ब्राण्ड राख्नुको अर्थ नै सबै प्रकारका ग्राहकलाई हुने, चाहिने बस्तु हामीसँग होस् भन्ने हो । उदाहरणकोलागी यदि कसैले एलइडी खरिद गर्न खोज्छ भने सस्तो १७ हजारको देखि डेढ लाखसम्मको हामीसँग छ ।  

तपाईहरुको सबैभन्दा धेरै रुचाइएको ब्राण्ड चाहिँ  कुन हो ?

हामीले नेपालमा टिसीएल ब्राण्ड ल्याएको धेरै भएको छैन तर पनि ग्राहकहरुले त्यो नै राम्रो र धेरै नै रुचाएको ब्राण्ड बनेको छ ।  शायद अन्तराष्ट्रिय ब्राण्ड भएर पनि होला।

तपाईहरुको अन्तराष्ट्रिय ब्राण्ड भएकाले ग्यारेन्टीरवारेन्टी त् हुने नै भयो ।  के बिमाको पनी  व्यवस्था गर्नु भएको छ ?

हामीले अहिलेसम्म बिमाको व्यवस्था गरेका छैनौ । तर सबै बस्तुहरुमा छुट्टा–छुट्टै वारेन्टी, ग्यारेन्टी भने गरेका छौं ।

नयाँ केहि ब्राण्ड पनी भित्राऊदै हुनुहुन्छ की ?

हो, केहि नयाँ पनि आउंदैछन् अनि हाल भएकामा पनि थप प्रोडक्टहरु बढाउने काम भैरहेको छ ।  जस्तो कि टिसीएलमा यो वर्ष नै एसी थप्ने काम भैरहेको छ । 

नयाँ ब्राण्डका बस्तु भित्राउँदा गुणस्तर कसरी हेर्नु हुन्छ ?

ति बस्तुको अन्तराष्ट्रिय रुपमा नै गुणस्तर मापन गरिएको हुन्छ । त्यहि हिसाबले हो हामीले हेर्ने । त्यसबाहेक हाम्रो पनि छुट्टै प्रविधि छ।  गुणस्तर मापन गर्ने र त्यसको निर्धारण गर्ने हाम्रो छुट्टै बिभाग नै छ।  त्यो विभागले नै सो सम्बन्धी काम हेर्छ ।  

यो आर्थिक वर्षमा तपाईहरुले कति रुपयाँ बराबरको कारोबार (व्यापार) गर्नु भयो ?

ठ्याक्कै भन्न त गाह्रो छ किनकि यो आर्थिक वर्ष सकिएको छैन ।  सात महिना मात्र पुरा भएको छ ।  तर, जुन रुपमा बृद्दि हुनुपर्थ्यो त्यो चाहिं भएको छ । हामीले लिएको लक्ष पूरा भएको छ । यो ग्रोथबाट हामी सन्तुष्ट छौं।

तपाईले टिसीएल ब्राण्डको अलिबढी उदाहरण दिनु भो यो कस्तो ब्राण्ड हो ?

हो, यो ब्राण्डबारे ग्राहकले बुझ्नै पर्ने हुन्छ ।  यो हाल विश्वमा दोस्रो नम्बरमा रहेको ब्राण्ड हो ।  त्यसैले यसको मूल्यको बिषयमा प्रश्न गर्नु भन्दा पहिले इन्टरनेटमा वास्तबमा टिसीएल के हो भन्ने हेर्नुस भनेर आम ग्राहकलाई भन्न चाहन्छु ।  

नेपाली ग्राहकले सिजी अन्तर्गतका बस्तु नै किन्नुहोस् भन्ने तपाईका तर्क र आधारहरु के के हुन् ?

पहिलो कुरा त सिजी नेपाली ब्राण्ड हो । यसले सस्तोमा गुणस्तरीय सामान तपाईहरुलाई उपलब्ध गराउंदै आएको छ । हामीसँग बिभिन्न मूल्य रेञ्जका सामाग्रीहरु उपलब्ध छन् । 
 

प्रतिक्रिया दिनुहोस