काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तरकारीबाट कोरोना संक्रमण नसर्ने बताएका छन्। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले तरकारी खाद्यान्नबाट कोरोना नसर्ने बताएका हुन् ।
उनले भने, ‘खाद्यान्न र तरकारीबाट कोरोना सरेको प्रमाण छैन, यो त बरु स्वास प्रश्वासबाट सर्छ, हामीले सुरक्षाका उपाय अपनाएर व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, तरकरी र फलफूल नष्ट नगर्नुहोला ।’ उनले आफ्नो इम्यूनिटि पावरको लागि तरकारी फलफूल सफा गरेर सुरक्षित तरिकाले खान आग्रह पनि गरेका छन् ।
केही दिन अघि कास्की लगायतका केही जिल्लामा जनप्रतिनिधी र सुरक्षाकर्मीकै रोहवरमा तरकारीबाट कोरोना सर्छ भन्दै तरकारी नष्ट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस