
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा (केएमसी)मा कार्यरत थप एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केएमसीमा कार्यरत थप एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
मंगलबार अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रेसिङ गर्ने क्रममा अर्का २१ वर्षिया स्वास्थ्यकर्मी महिलामा पनि कोरोना पोजेटिभ देखिएको हो । उनी १५ दिनअघि संक्रमित बिरामीको शल्यक्रियामा संलग्न भएको बताइएको छ ।
संक्रमित भेटिएपछि केएमसीको आकस्मिक लगायत सबै सेवा आजबाट बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस