काठमाडौं । क्रेडिट कार्डबाट अब स्वीकृत क्रेडिट रकमको १० प्रतिशत मात्र नगद झिक्न पाइने भएको छ । बाँकी रकम विद्युतीय भुक्तनी (ई–पेमेन्ट) मा मात्र प्रयोग गर्नुपर्ने समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार निर्देशन जारी गर्दै सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने स्पष्ट गरेको छ । ग्राहकलाई अत्यावश्यक परेको अवस्थामा मात्र स्वीकृत रकमको १० प्रतिशत नगद निकाल्न पाइने निर्देशनमा उल्लेख छ ।
प्रिपेड कार्डमा भने यस्तो सीमा छैन हाल बैंक अनुसार कसैले एक पटकमा रू २५ हजारसम्म झिक्न पाइने व्यवस्था गरेको उल्लेख गर्दै केन्द्रीय बैंकले त्यसको अधिकतम सीमा बढाउन बाधा नहुने प्रस्टयाएको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार मोबाइल बैंकिङको माध्यामबाट दैनिक अधिकतम रू ५० हजारसम्मको भुक्तनी गर्न पाइने भएको छ । तर, कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रू १ लाभन्दा बढीको भुक्तनी या जमम गर्न नपाइने भएको छ । इन्टरनेट बैंकिङको माध्यामबाट भुक्तनी कारोबार (मर्चन्ट पेमेन्ट) को सीमा भने बढाइएको छ । आर्थिक अभियानबाट
प्रतिक्रिया दिनुहोस