aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा नयाँ १६ जनामा कोरोना संक्रमित थसपएका हुन् । 

स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य निर्देशनालय तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट गाउँपालिकाका ३ जना रहेका छन् ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस