aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

क्वारेन्टाइनमा बसेर घर फर्केका युवकको मृत्यु, कोरोना परीक्षण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
क्वारेन्टाइनमा बसेर घर फर्केका युवकको मृत्यु, कोरोना परीक्षण गरिने

सुर्खेत । क्वारेन्टाइनमा बसेर घर गएका सुर्खेतका एक युवकको मृत्यु भएको छ । भारतबाट आई सुर्खेतस्थित जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको मृत्यु भएको हो । 

पन्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको बिहीबार विहान अचानक घरमै मृत्यु भएको हो । यही जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस