aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

'लकडाउन' मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
'लकडाउन' मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । लकडाउनका कारण दिनानु दिन धरासायी बन्दै गएका अर्थतन्त्र र जनजीवन सहज बनाउन लकडाउनकाे माेडालिटीबारे चर्चा चलिरहँदा बिहीबार 'लकडाउन' मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद बैठक बस्ने भएकाे छ ।

सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने र त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । 

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।

बुधबारमात्रै प्रधानमन्त्रीले बिभिन्न बिज्ञहरूसँग लकडाउन र देशकाे अहिलेकाे परिश्थितीबारे परामर्श गरेका थिए । बुधबार गरेकै परामर्श अनुरूप अान्तरीक राजस्व विभागले कर विवरण र कर तिर्न गरेकाे जठ २५ गतेसम्मकाे ताकेतासमेत समय लम्ब्याइसकेकाे छ ।

उक्त परामर्श लगत्तै बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए । उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्ने छ ।

ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।

'मन्त्रीपरिषद बैठकअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्छ’, ती मन्त्रिको भनाइ छ ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस