aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतमा एकैदिन झण्डै १० हजार कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
भारतमा एकैदिन झण्डै १० हजार कोरोना संक्रमित थपिए

भारत । भारतमा हिजो एकै दिन झण्डै दश हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको हो । भारतमा हिजो नौ हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । यो भारतमा अहिलेसम्म भएको अहिलेसम्मकै उच्च संक्रमण हो ।

बुधारबार भारतमा संक्रमणको कारण २ सय ५९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म २ लाख १६ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा जुन एक तारिखदेखि लकडाउन केही खुकुलो बनाइएको छ । तर कोरोना संक्रमण भने नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस