काठमाडौं । जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्यधिक बढेको छ । महंगीको सबै भन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको महिलो साता देखि नै बढेको हो ।
झापाको बिर्तामोडमा रहेको प्रदेश–१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँमा (खुद्रा) बिक्री हुँदै आएको छ । गत वर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए । गत वर्ष विक्री नभएपछि किसानले गोलभेडा खेती घटाउको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
उत्पादन कम भएका कारण यस बर्ष मंहगीको सबै भन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ । कोरोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस