
भक्तपुर । विदेशबाट नेपाल फर्किनेहरूकाे व्यवस्थापनका लागि सरकारले भक्तपुरका दुई स्थानमा होल्डिङ सेन्टर तयार पारेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति भक्तपुरले विदेशबाट फर्किन लागेका प्रदेश नं. १ र २ का नेपालीहरुलाई राख्न दुई ठाउँ तयारी गरेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा न ५ सल्लाघार सुबर्ण चोकमा र मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को राधेराधेमा गरी दुई स्थानमा होल्डिङ सेन्टर तयार पारिएको वीरदल गण सुर्यविनायकका प्रमुख कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार होल्डिङ सेन्टरमा भक्तपुरमा एक पटकमा एक हजार जनासम्मलाई होल्डिङ गर्ने क्षमता रहेको छ ।
विदेशबाट उद्धार गरी ल्याएका नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य स्वास्थ्य जाँच गरी एउटा गाडीमा सिटफुल संख्या भए सीधै सम्बन्धित जिल्लासम्म पठाउने व्यवस्था गरेको छ ।
गाडीमा सँख्या नपुगेको खण्डमा प्रदेश नं. १ र २ का नेपालीलाई सीधै भक्तपुर ल्याइने कर्णेल पौडेलले बताए । यहाँ पुगेपछि उनीहरुको व्यक्तिगत विवरण, स्वास्थ्य जाँच गरी खानाको व्यवस्था गरिएपछि अर्काे पटकमा आएका व्यक्तिहरुसँग संख्या पुर्याएर गाडीबाट सम्बन्धित प्रदेशमा पठाइनेछ । बैंक्वेटमा एक रातका लागि सुत्ने व्यवस्था पनि गरिएको कर्णेल पौडेलले बताए ।
गाडीमा जानेको संख्या नपुगेमा र प्रतिकुल स्वास्थ्य भएकालाई राख्न प्रतlबैंक्वेटमा १० शैयाको बेड तयार गरिएको छ भने थप १० वटा बेड राख्ने तयारी भइरहेको कर्णेल पौडेलले बताए । यसको सम्पूर्ण ब्यवस्थापनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा सेनाकाे वीरदल गण सुर्यविनायकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस