aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बौद्ध जोरपाटीका पसल खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
बौद्ध जोरपाटीका पसल खुला

काठमाडाैं । बौद्ध, जोरपाटी तथा नारायणटारका  पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन् । 

आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुश्किल परेको जनाउँदै ती स्थानका व्यवसायीले पसल खोल्न थालेका हुन् ।  कर, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुल्ला गरेको नारायणटारका व्यापारी सुनिल सापकोटाले बताए । 

“हामीले अहिलेसम्म सरकारको निर्णयलाई स्वागत गर्दै सहयोग गर्दै आयौँ तर अब सकिने अवस्था छैन, घरभाडा, कर्मचारीको खाना खर्च, करलगायतको पैसा तिर्ने भनेकै पसल सञ्चालनपछि नै हो” उनले  भने  । 

जोरपाटीमा कपडा व्यवसाय गर्दै आएका लक्ष्मण दुलाल भन्छन्, “भोकै पर्र्नुपर्ने अवस्था आएकाले पसल खोल्न थालेका हौँ । सामाजिक दूरी कायम गरेका छौँ । ”

बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिनदिनै ऋणको भार थपिँदै गएको तथा परिवारसमेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको व्यवसायीको भनाइ छ । अहिले सो क्षेत्रमा कपडा, जुत्ताचप्पल, बिजुली, हार्डवेयरलगायत पसल खुलेका छन् । 
 

प्रतिक्रिया दिनुहोस