
एजेन्सी । भारतले औषधिमा आत्मनिरभर बन्नका लागि योजना बनाएको छ । अहिले भारतमा उत्पादन हुने औषधिको जेनटिक चीनबाट आयत गरेर भारतमा औषधि उत्पादन हुँदै आएका थिए ।
तर, अबदेखि भारत सरकारले प्रोडक्सन लिंक्ड इन्सेटिव(पीएलआई) स्किम ल्याएर भारतमा नै औषधिको जेनेटिक अथवा एक्टिभ फार्मास्यूटिकल्स इन्ग्रेडिएन्टस उत्पादन गर्नेलाई पीएलआई दिने योजना सार्वजनिक गरेको छ ।
यस सूचीमा महत्वपूर्ण इन्ग्रेडिएन्ट जसमा पैरासीटामोल, एस्प्रिन, मेटफार्मिन, एटोरवेस्टाटिन जस्ता औषधिहरुको एक्टिभ फार्मास्यूटिकल्स इन्ग्रेडिएन्टसहरु भारतमा नै उत्पादन गर्ने तयारीमा भारत पुगेको बताइएको छ ।
भारत सरकारले पहिलो चार वर्षसम्म वार्षिक रुपमा बिक्रीको २० प्रतिशतसम्म प्रोत्साहन स्वरुप उपलब्ध गराउने छ भने पाचौं १५ र छैटौं वर्षमा ५ प्रतिशतसम्म प्रोत्साहन दिने योजना ल्याएको छ । केमिकल सिथेन्सिस हुने उत्पादनमा पाँच वर्षसम्म विक्रीको १० प्रतिशत बराबरको प्रोत्साहन दिने छ ।
प्रतिक्रिया दिनुहोस